Download Free MP3 Karaoke of Deusire Song by Tanka Budhathoki with Full Lyrics and Official Audio Song.
Sing or Download Karaoke of Deusire Song by Tanka Budhathoki |
Artist/Singer: Tanka Budhathoki & Others Chorus (Fans)
Sing Live Karaoke
Alternative Download Links
- Download Free Karaoke [Option I]
- Download Free Karaoke [Option II]
- Download Free Karaoke [Option III]
- Download Free Karaoke [Option IV]
- Download Free Karaoke [Option III]
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube & SoundCloud) without permission is strictly prohibition. But you can share link anywhere as you wish.
Full Lyrics of Song
[नाइकेको आवज: लौ है घरबेटी बाआमा, आइयो यो साल पनि देउसी भैलौ खेल्न । देश प्रदेशबाट बाँचेर आइयो के छ र मरिलानु, हाँसौ, खेलौं गरौं रमाइलो कि कसो साथी हो?]
[सामुहिक सहमतिको आवज: हो हो हो… भट्याउन सुरु गरौं ।]
हे भन भन भाइहो - देउसुरे,
हे राम्ररी भन - देउसुरे,
हे स्वर मिलाइकन - देउसुरे,
हे देउसिरे भन - देउसुरे,
हे बर्षमा दिनको - देउसुरे,
हे चाडबाड - देउसुरे,
हे जनाउनै पर्ने - देउसुरे,
हे मनाउनै पर्ने - देउसुरे,
हे घरबेटी बाबा - देउसुरे,
हे घरबेटी आमा - देउसुरे,
हे आइपुग्यौं हामी - देउसुरे,
हे देउसुरे खेल्न - देउसुरे,
हे भन भन साथीहो - देउसुरे,
हे राम्ररी भन - देउसुरे,
हे स्वर मिलाइकन - देउसुरे,
हे देउसिरे भन - देउसुरे,
[नाइकेको आवज: ए घरबेटी बाआमा सन्चै हुनुहुन्छ होलानी? हजुरका पनि छोरा नाति पनि देश विदेशमा होलान्, सम्झेर मन कुटक्क दुख्छ होला । मन भारी नबनाउनुस्, आउनुस् एकछिन हामीसंगै रमाइलो गरौं ।]
हे झिलिमिली झिलिमिली - देउसुरे,
हे केको झिलिमिली - देउसुरे,
हे बत्तिको झिलिमिली - देउसुरे,
हे फूलको झिलिमिली - देउसुरे,
हे हामी त्यसै - देउसुरे,
हे आएको होइनौं - देउसुरे,
हे बलीमा राजको - देउसुरे,
हुकुम लिई - देउसुरे,
हे रातो माटो - देउसुरे,
हे चिप्लो बाटो - देउसुरे,
हे लड्दै पड्दै - देउसुरे,
हे आएका हामी - देउसुरे,
हे केराको खम्बा - देउसुरे,
हे साथीभाई जम्मा - देउसुरे,
हे मिलेर आयौं - देउसुरे,
हे देउसुरे खेल्न - देउसुरे,
[घरबेटी आमा: लु यो हो नि त तरिका, यसरी हो नि देउसी भैलो खेल्ने । लु हेर कति राम्रो नानीबाबुहरु कति राम्रो गाएका । म बुढी दम लागेर मर्ने बेलामा पनि सुनौं-सुनौं, गाउँ-गाउँ, संगै देउसी खेलौ-खेलौं लागेर… उठेर आएँ लौ । म पनि भट्याउँछु है भाइहो - देउसीरे ।]
हे स्वर मिलाइकन - देउसिरे,
हे देउसिरे भन - देउसुरे,
हे संसारमै राम्रो - देउसुरे,
हे चाडबाड हाम्रो - देउसुरे,
हे रितीथिती - देउसुरे,
जोगाउने काम हाम्रो - देउसुरे,
हे देशैमा हुँदा - देउसुरे,
हे देउसीमा भैलो - देउसुरे,
हे खेल्दैमा आयौं - देउसुरे,
हे दैलोमा दैलो - देउसुरे,
हे झिलिमिली झिल्ल - देउसुरे,
हे सेलरोटी मिल्ला - देउसुरे,
तिखोली बाखुम - देउसुरे,
कि रोटी चाखुम - देउसुरे,
हे छानामाथी घिरौंला - देउसुरे,
हे के के दिन्छ हेरौंला - देउसुरे,
हे टाढाबाट आइयो - देउसुरे,
हे धेरैधेरै चाइयो - देउसुरे,
[नाइकेको आवज: ल है साथी हो आसिसतिर लागुम । अन्त पनि भैलो खेल्न जानु छ । बर्ष दिनको चाड हो, आशिष दिउँ हो ।]
हे यसैमा घरका - देउसुरे,
परेवा पक्षी - देउसुरे,
उड्दामा खेरी - देउसुरे,
आकाशै ढाकुन - देउसुरे,
हे बस्दामा खेरी - देउसुरे,
हे संसारै ढाकुन - देउसुरे,
हे बस्दामा खेरी - देउसुरे,
हे संसारै ढाकुन - देउसुरे,
हे यसैमा घरका - देउसुरे,
हे लाल बाला - देउसुरे,
हे दुबो जस्तै - देउसुरे,
हे मौलाउँदै जाउन् - देउसुरे,
हे यसैमा घरका - देउसुरे,
हे बाबाआमा - देउसुरे,
वर पिपल जस्तै - देउसुरे,
हे तपिमा रहुन् - देउसुरे,
हे फलाम छुँदा - देउसुरे,
हे सुनै बनून् - देउसुरे,
हे ढुङ्गा छुँदा - देउसुरे,
हे हिरैमा बनुन् - देउसुरे,
हे यसैमा घरमा - देउसुरे,
हे लक्ष्मीले - देउसुरे,
हे लक्ष्मीले - देउसुरे,
हे बासै गरून् - देउसुरे,
हे यसपालिको - देउसुरे,
हे देउसीको आशिष - देउसुरे,
हे वरदान जस्तै - देउसुरे,
हे लागिमा रहोस् - देउसुरे,
हे लेखकोमा नि - देउसुरे,
हे वेंसीकोमा नि - देउसुरे,
हे आशिष दिन - देउसुरे,
हे यतिनै जाने - देउसुरे…
COMMENTS