Download Free MP3 Karaoke of Karaoke of Teej Song Selfee Khichnu Chha by Laxmi Malla and Basanta Thapa with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Teej Song Selfee Khichnu Chha by Laxmi Malla and Basanta Thapa |
Karaoke Title: Pauju Pawaima… (पाउजु पावैमा…)
Lyrics: Shree Krishna Bam Malla
Music: Basanta Thapa
Artist/Singer(s): Laxmi Malla & Basanta Thapa
Lyrics: Shree Krishna Bam Malla
Music: Basanta Thapa
Artist/Singer(s): Laxmi Malla & Basanta Thapa
Sing Live Karaoke
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube & SoundCloud) without permission is strictly prohibition. But you can share link anywhere as you wish.
Full Lyrics of Song
केटी: भेट भयो कि संगिनीले मोबाइल झिक्न थाल्छन्,
हुँ… हुँ… भेट भयो कि संगिनीले मोबाइल झिक्न थाल्छन्;
राम्रो राम्रो सेल्फी खिची फेस्बुकमा हाल्छन्… पाउजु पावैमा…;
पाउजु पावैमा, ए लाम्ला चुरा लाम्ला नारीमा ।
(एसपालीको तिजमा मलाई आइफोन किनिदेउ न)२
(सेल्फी खिच्नु छ ए बाबा, रातो सारीमा)२
हे… सेल्फी खिच्नु छ, ए बाबा रातो सारीमा ।
केटा: सानू तिम्लाई जिन्दगीभर निरास हुन दिन्न,
हुँ… हुँ… सानू तिम्लाई जिन्दगीभर निरास हुन दिन्न;
ज्यानै धितो राख्न सक्छु तिम्रो खुसी किन्न… पाउजु पावैमा…;
पाउजु पावैमा ए मैयाँ चुरा नारीमा ।
(यसपालिको तिजमा तिम्लाई आइफोन किनिदिउँला)२
(सेल्फी खिचौली, ए मैयाँ रातो सारीमा)२
हे… सेल्फी खिचौली, ए मैयाँ रातो सारीमा ।
केटी: आइफोनलेझै फोटो राम्रो खिच्दैन रे अरु,
हुँ… हुँ… आइफोनलेझै फोटो राम्रो खिच्दैन रे अरु;
यसै भन्नछन् अना भावि साथी संगीहरु… पाउजु पावैमा;
पाउजु पावैमा, ए लाम्ला चुरा लाम्ला नारीमा ।
(सेल्फी खिच्नु छ ए बाबा, रातो सारीमा)२
हे… सेल्फी खिच्नु छ, ए बाबा रातो सारीमा ।
केटा: फेसबुक खोल्छु भन्ने डरले मोबाइल नकिनेको,
हुँ… हुँ… फेसबुक खोल्छु भन्ने डरले मोबाइल नकिनेको;
फ्रेण्ड रिक्वैस्ट आउँछ भनी चिन्दै नचिनेको… पाउजु पावैमा…;
पाउजु पावैमा ए मैयाँ चुरा नारीमा ।
(यसपालिको तिजमा तिम्लाई आइफोन किनिदिउँला)२
(सेल्फी खिचौली, ए मैयाँ रातो सारीमा)२
हे… सेल्फी खिचौली, ए मैयाँ रातो सारीमा ।
केटी: पूरा गरिदेउन मेरो यति एउटा धोको,
हुँ… हुँ… पूरा गरिदेउन मेरो यति एउटा धोको;
अघाएझैं हुन्थ्यो मलाई भएपनि भोको… पाउजु पावैमा;
पाउजु पावैमा, ए लाम्ला चुरा लाम्ला नारीमा ।
(सेल्फी खिच्नु छ ए बाबा, रातो सारीमा)२
हे… सेल्फी खिच्नु छ, ए बाबा रातो सारीमा ।
केटा: पोहोर किन्या स्कुटीले घुम्यौ होला शहर,
हुँ… हुँ… पोहोर किन्या स्कुटीले घुम्यौ होला शहर;
यो साल पुर्याइदिउँला, आइफोन किन्ने रहर… पाउजु पावैमा…;
पाउजु पावैमा ए मैयाँ चुरा नारीमा ।
(यसपालिको तिजमा तिम्लाई आइफोन किनिदिउँला)२
(सेल्फी खिचौली, ए मैयाँ रातो सारीमा)२
हे… सेल्फी खिचौली, ए मैयाँ रातो सारीमा ।
केटी: किन लाउनु पाउजु मैले किन लाउनु घाँगर,
हुँ… हुँ… किन लाउनु पाउजु मैले किन लाउनु घाँगर;
आइफोन बिना छैन मलाई नाच्ने गाउने रहर… पाउजु पावैमा;
पाउजु पावैमा, ए लाम्ला चुरा लाम्ला नारीमा ।
(सेल्फी खिच्नु छ ए बाबा, रातो सारीमा)२
हे… सेल्फी खिच्नु छ, ए बाबा रातो सारीमा ।
केटा: सुनको छड्के तिलहरी कानमा लाउली झुम्का,
हुँ… हुँ… सुनको छड्के तिलहरी कानमा लाउली झुम्का;
कम्मर मर्काई मार कान्छि तिजको गितमा ठुम्का… पाउजु पावैमा…;
पाउजु पावैमा ए मैयाँ चुरा नारीमा ।
(यसपालिको तिजमा तिम्लाई आइफोन किनिदिउँला)२
(सेल्फी खिचौली, ए मैयाँ रातो सारीमा)२
हे… सेल्फी खिचौली, ए मैयाँ रातो सारीमा ।

COMMENTS