Download Free MP3 Karaoke of Deuraliko Bhatti Pasala by Ramji Khand and Devi Gharti with Full Lyrics & Original Audio Song.
Karaoke Title: Deuraliko Bhatti Pasala (देउरालीको भट्टी पसल…)
Artist/Singer: Ramji Khand and Devi Gharti
Genres: Lok Dohori
Artist/Singer: Ramji Khand and Devi Gharti
Genres: Lok Dohori
[##music## Download MP3 Song]
Sing Live Karaoke
Alternative Download Links
- Download Free Karaoke [Option I]
- Download Free Karaoke [Option II]
- Download Free Karaoke [Option III]
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube & SoundCloud) without permission is strictly prohibition. But you can share link anywhere as you wish.
Full Lyrics of Song
केटा: हे टाढै बाट आइहाल्ने गन्ध, जति खायो उति नै आनन्द… देउरालीको भट्टी पसल…, तोङबा र छ्याङ भन्दा नि साहुनीको बोली असल ।
आइहाल्ने गन्ध, जति खायो उति नै आनन्द… देउरालीको भट्टी पसल…, (तोङबा र छ्याङ भन्दा नि साहुनीको बोली असल ।)२
केटी: हे सधैँ आउँछौ उधारो खान्छौ, पैसा हुँदा काँ जान्छौ काँ जान्छौ… लाउरे दाइको बोली असल…, आउँदै गर लाउरे दाइ देउरालीको भट्टी पसल ।
उधारो खान्छौ, पैसा हुँदा काँ जान्छौ काँ जान्छौ… लाउरे दाइको बोली असल…, (आउँदै गर लाउरे दाइ देउरालीको भट्टी पसल ।)२
केटा: हे तिम्रो रुपै राम्रो हो साउनी, रिसाए नि यहीँ आउन मन लाउनी… देउरालीको भट्टी पसल…, तोङबा र छ्याङ भन्दा नि साहुनीको बोली असल ।
राम्रो हो साउनी, रिसाए नि यहीँ आउन मन लाउनी… देउरालीको भट्टी पसल…, (तोङबा र छ्याङ भन्दा नि साहुनीको बोली असल ।)२
केटी: हे तिमी जस्तो पर्दैन आउन, राम्री राम्री जता छन् त्यहीं जाउ न… लाउरे दाइको बोली असल…, आउँदै गर लाउरे दाइ देउरालीको भट्टी पसल ।
पर्दैन आउन, राम्री राम्री जता छन् त्यहीं जाउ न… लाउरे दाइको बोली असल…, (आउँदै गर लाउरे दाइ देउरालीको भट्टी पसल ।)२
केटा: हे साँझ परेसी जसरी भा'नी, मन मान्दैन एक गिलास नतानी… देउरालीको भट्टी पसल…, तोङबा र छ्याङ भन्दा नि साहुनीको बोली असल ।
जसरी भा'नी, मन मान्दैन एक गिलास नतानी… देउरालीको भट्टी पसल…, (तोङबा र छ्याङ भन्दा नि साहुनीको बोली असल ।)२
केटी: हे सधैं कल्ले ख्वाउँछ र फिरि, दिन्न आज अस्तिको नतिरी… लाउरे दाइको बोली असल…, आउँदै गर लाउरे दाइ देउरालीको भट्टी पसल ।
ख्वाउँछ र फिरि, दिन्न आज अस्तिको नतिरी… लाउरे दाइको बोली असल…, (आउँदै गर लाउरे दाइ देउरालीको भट्टी पसल ।)२
केटा: हे लेउन बरु सुकुटी पका'र, दुइचार बोटल बियर नि टकार… देउरालीको भट्टी पसल…, तोङबा र छ्याङ भन्दा नि साहुनीको बोली असल ।
सुकुटी पका'र, दुइचार बोटल बियर नि टकार… देउरालीको भट्टी पसल…, (तोङबा र छ्याङ भन्दा नि साहुनीको बोली असल ।)२
केटी: हे सुको छैन गोजीमा चिनियो, मैले सित्तै ल्याइछु र दिनी हो… लाउरे दाइको बोली असल…, आउँदै गर लाउरे दाइ देउरालीको भट्टी पसल ।
गोजीमा चिनियो, मैले सित्तै ल्याइछु र दिनी हो… लाउरे दाइको बोली असल…, (आउँदै गर लाउरे दाइ देउरालीको भट्टी पसल ।)२
केटा: हे जब लाउरे हिन्दछन बाटामा, किन जान्छौ समाउन हातमा… देउरालीको भट्टी पसल…, तोङबा र छ्याङ भन्दा नि साहुनीको बोली असल ।
लाउरे हिन्दछन बाटामा, किन जान्छौ समाउन हातमा… देउरालीको भट्टी पसल…, (तोङबा र छ्याङ भन्दा नि साहुनीको बोली असल ।)२
केटी: हे यो संसारमा जो संग दाम छैन, उसले डाहा गरेर काम छैन… लाउरे दाइको बोली असल…, आउँदै गर लाउरे दाइ देउरालीको भट्टी पसल ।
(जो संग दाम छैन, उसले डाहा गरेर काम छैन… लाउरे दाइको बोली असल…, आउँदै गर लाउरे दाइ देउरालीको भट्टी पसल ।)२
केटा: हे म पनि त जिम्बालको सालो हो, हिंङ नभा'नि हिङ बान्या टालो हो… देउरालीको भट्टी पसल…, (तोङबा र छ्याङ भन्दा नि साहुनीको बोली असल ।)
जिम्बालको सालो हो, हिंङ नभा'नि हिङ बान्या टालो हो… देउरालीको भट्टी पसल…, (तोङबा र छ्याङ भन्दा नि साहुनीको बोली असल ।)२
केटी: हे जब बोटल बनाउँछौ आधा, भन्न थाल्छौ मै ठुलो मै दादा… लाउरे दाइको बोली असल…, आउँदै गर लाउरे दाइ देउरालीको भट्टी पसल ।
बनाउँछौ आधा, भन्न थाल्छौ मै ठुलो मै दादा… लाउरे दाइको बोली असल…, (आउँदै गर लाउरे दाइ देउरालीको भट्टी पसल ।)२
केटा: हे अंश दिया थे गैरी खेत बाले, सबै भ्याइयो खोइलाको बिर्काले… देउरालीको भट्टी पसल…, तोङबा र छ्याङ भन्दा नि साहुनीको बोली असल ।
गैरी खेत बाले, सबै भ्याइयो खोइलाको बिर्काले… देउरालीको भट्टी पसल…, (तोङबा र छ्याङ भन्दा नि साहुनीको बोली असल ।)२
केटी: हे तिम्रो कामै तीनपाने खानको, कहिले बेचेउ बुढीको कानको… लाउरे दाइको बोली असल…, आउँदै गर लाउरे दाइ देउरालीको भट्टी पसल ।
तीनपाने खानको, कहिले बेचेउ बुढीको कानको… लाउरे दाइको बोली असल…, (आउँदै गर लाउरे दाइ देउरालीको भट्टी पसल ।)२
केटा: हे लग्यो मलाई एक तिर टेक्या छु, साउनी तिमीलाई झन् राम्री देख्या छु… देउरालीको भट्टी पसल…, तोङबा र छ्याङ भन्दा नि साहुनीको बोली असल ।
एक तिर टेक्या छु, साउनी तिमीलाई झन् राम्री देख्या छु… देउरालीको भट्टी पसल…, (तोङबा र छ्याङ भन्दा नि साहुनीको बोली असल ।)२
केटी: हे बढी नहोउ खाउला नि कुचो, लाएपछी मुखभन्दा हात छुचो… लाउरे दाइको बोली असल…, आउँदै गर लाउरे दाइ देउरालीको भट्टी पसल ।
खाउला नि कुचो, लाएपछी मुखभन्दा हात छुचो… लाउरे दाइको बोली असल…, (आउँदै गर लाउरे दाइ देउरालीको भट्टी पसल ।)२
केटा: हे लडीहाल्छु हेरे नि भइँतिर, गाउँका कुकुर आइलाग्छन् मै तिर… देउरालीको भट्टी पसल…, तोङबा र छ्याङ भन्दा नि साहुनीको बोली असल ।
हेरे नि भइँतिर, गाउँका कुकुर आइलाग्छन् मै तिर… देउरालीको भट्टी पसल…, (तोङबा र छ्याङ भन्दा नि साहुनीको बोली असल ।)२
केटी: हे भोलि आउनु हिसाब दिई जानु, अब कहिले जाँड रक्सि नखानु… लाउरे दाइको बोली असल, आउँदै गर लाउरे दाइ देउरालीको भट्टी पसल ।
हिसाब दिई जानु, अब कहिले जाँड रक्सि नखानु… लाउरे दाइको बोली असल, (आउँदै गर लाउरे दाइ देउरालीको भट्टी पसल ।)२
केटा: हे भोलिदेखि गर्न्नेछु घरको काम, छुँदै छुन्न तीनपाने रामाराम… देउरालीको भट्टी पसल…, तोङबा र छ्याङ भन्दा नि साहुनीको बोली असल ।
गर्न्नेछु घरको काम, छुँदै छुन्न तीनपाने रामाराम… देउरालीको भट्टी पसल…, (तोङबा र छ्याङ भन्दा नि साहुनीको बोली असल ।)२
केटी: हे गर्दिन म बेच्नी र पार्नी, रक्सी रैछ दुनिया बिगार्नी… लाउरे दाइको बोली असल…, आउँदै गर लाउरे दाइ देउरालीको भट्टी पसल ।
बेच्नी र पार्नी, रक्सी रैछ दुनिया बिगार्नी… लाउरे दाइको बोली असल…, (आउँदै गर लाउरे दाइ देउरालीको भट्टी पसल ।)२
COMMENTS